ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ख का उम्मेदवार ज्ञानबहादुर खड्का (जिवी) ले आफ्नो पञ्चवर्षिय योजना तय गरेका छन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका खड्काले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि महत्वकांक्षी कार्ययोजना तय गरेका हुन् ।
मतदाताबीच चुनावी प्रचारअभियानका क्रममा घरदैलो गर्दै खड्काले ओखलढुंगाको निर्वाचन क्षेत्र ख विकासमा पछि परेको बताए । आफुले ५ वर्षमा यो क्षेत्रलाई विकासउन्मुख बनाउने योजना सुनाए । ‘पूर्वाधार विकासका सवालमा मोली देखि पोकली सम्म मेरो क्षेत्रका सबै वडाका मुख्यसडकहरु कालोपत्रे गर्ने, सबै वडामा एकघर एक धारा अभियान चलाएर खानेपानीको पहुँच पु¥याउने र निर्वाचन क्षेत्रका सबैठाउँमा केन्द्रीय विद्युत विस्तार गर्ने मेरो लक्ष्य हो । यो सँगै अन्य धेरैकामहरु गर्ने योजना छ ति योजनाहरु घोषणापत्रमा समेटिएर आउँछन् ।’ उनले भने, ‘पूर्वाधार विकासको अलवा, सामाजिक उत्तरदायित्वको सवाल र युवास्वरोजगारमा जोड दिनेछु । कृषि उद्यमशिलता र उद्योग व्यवसाय प्रवद्र्धनको योजना छ ।’ विकास निर्माणका सवालमा निर्वाचन क्षेत्र क मा निवर्तमान सांसद तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङले थुपै्र काम गरेको बताउँदै एउटा क्षेत्रमा अरबौंका योजना सञ्चालन हुनु र अर्को क्षेत्रमा पहल गर्ने जनप्रतिनिधि नहुँदा ओझेलमा पर्नु दुखद् भएको भन्दै निर्वाचन क्षेत्र क सहर नै ख क्षेत्रको विकास गर्ने उनले बताए ।
सुनकोशीको पाराका मतदातालाई सम्बोधन गर्दै खड्काले दुर्गम र पछाडी परेका गाउँबस्तिबाटै विकासका ठुला आयोजना सञ्चालन गर्ने बचन दिएका छन् । ‘मलाई जिताएर पठाउनुस् । दुर्गम र पछिपरेका गाउँबाटै ठुला आयोजना सञ्चालन गर्छु । ५ वर्षमा तपाईहरुले चाहेको भन्दा बढी विकास गर्छु ।’ खड्काले भने ।
जिल्लाका संघ र प्रदेशका सबै सिटमा एमालेले विजयी हासिल गर्नसके विकासको खाका कोर्न सजिलो हुने उनको तर्क छ ।
खड्का नेकपा एमालेबाट पहिलो पटक यो क्षेत्रमा चुनाव जितेर इतिहास रच्ने योजनामा छन् ।
खड्का नेकपा माओवादी केन्द्रका बाबुराम गौतमसँग चुनावी प्रतिस्पर्धामा छन् ।
गौतमलाई कांग्रेसको साथ छ । कांग्रेसको साथमा माओवादीको विरासत जोगाउने गौतमको लक्ष्य छ ।