२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गमगढी बजार व्यवस्थापनमा जनप्रतिनिधि जुटे, अवैध टहरा भत्काउन स्थानीय मानेनन्



मुगुको गमगढी बजार सफा, सुन्दर बनाउन मुगुको छायाँनाथ रारा नगरपालिकाका जनप्रतिनिधि जुटेका छन् । सदरमुकाम गमगढी बजारलाई व्यवस्थित बनाउन निवर्तमान नगर प्रमुखदेखि अहिले जनप्रतिनिधिले अव्यवस्थित घरटहरा हटाउने कार्यमा जुटेका हुन् । तर, नगरपालिका सूचना निकाल्ने र बजारवासी अवज्ञा गर्ने कार्यले भने निरन्तरता पाएको छ ।

नगरपालिकाले अवैध टहरा भत्काउन पटक पटक सार्वजनिक सूचना निकाल्यो । तर, यसलाई सम्बन्धित पक्षले भने अस्वीकार गर्दै आएका छन् ।

नगरपालिकाले सदरमुकाम गमगढी बजारमा रहेका अव्यवस्थित घर टहरा हटाउन तीन पटकसम्म सार्वजनिक सूचना जारी गरेर आग्रह गरेको थियो । तर, सूचना अवज्ञा गर्दै बजारवासीले अव्यवस्थित घर टहरा भत्काएका छैनन् भने नगरपालिकाले पनि उर्दी जारी गर्नेबाहेक अरु केही गर्न सकेको छैन ।

सदरमुकाम गमगढी बजारमा रहेका घरका बार्दली, भ¥याङ, छतलगायत अन्य अव्यवस्थित संरचना हटाउन नगरपालिका लागिपरेको छ । गत सोमबार सरोकारवाला निकायसँग छलफल गर्दै नगरपालिकाले चाँडै अव्यवस्थित रुपमा रहेका घरका टहरा, छत, भ¥याङ, पाइप, तार, पोलहरु व्यवस्थित गर्न नगरपालिकाले आग्रह गरेको नगरप्रमुख विष्णुकुमार भामले बताए ।

उनका अनुसार अब अव्यवस्थित रुपमा रहका सरकारी संरचना, कालिका मालिका मन्दिरमा रहेका संरचनाहरु हटाउने नगर प्रमुख भामको भनाइ छ ।

जथाभावी रुपमा फोहोरमैला फ्याल्ने, सडकमै पानी फाल्ने, लुगा धुनेजस्ता अन्य कार्यले बजार कुरुप र दुर्गन्धित भएकाले अब नगरपालिकाले व्यवस्थित गरेरै छाड्ने प्रमुख भामले बताए ।   

प्रकाशित मिति : २०७९, १३ माघ शुक्रबार ००:००  २ : ३९ बजे