२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुङ्गाकी युवतीमाथि एसिड आक्रमण गर्ने २ जना पक्राउ



काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले बिहीबार राति रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई पक्राउ गरेको हो ।

दही किन्न निस्केकी ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको थियो । युवतीको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

 उनीहरुले किन एसिड प्रहार गरे भन्नेमा भने अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धीत समाचार

प्रकाशित मिति : २०७७, ९ श्रावण शुक्रबार ००:००  १२ : ३८ बजे