२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्षिणकाली नगरअस्पताल उद्घाटन



दक्षिणकाली नगरअस्पताल उद्घाटन गरिएको छ । दक्षिणकाली नगरपालिकाले स्थापना गरेको नगरअस्पतालको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो ।

नगरबासीको स्वास्थ्य उपचारलाई थप व्यवस्थित बनाउन नगरअस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख बस्नेतले बताए । प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरअस्पतालको रुपमा स्तरोन्नती गरिएको र अब दक्षिणकाली नगरअस्पतालबाट २४ सै घण्टा आपतकालिन सेवा समेत प्रवाह हुने उनकाे भनाई छ ।

दक्षिणकाली नगरपालिकाले अघि सारेको स्वास्थ्य नीतिमा संघिय सरकारले सहयोग गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बताए ।

२ वर्षभित्र आधारभुत सेवा निःशुल्क र ५ वर्षभित्रमा संविधानले ग्यारेन्टी गरेअनुसार सबै नेपालीले निःशुल्क उपचार सेवा पाउने मन्त्री बस्नेतको भनाई छ ।

नेपाली नेताहरु विदेशमा उपचार गराउन जाँदा राज्य कोषको करोडौं रकम खर्च भएको विषयलाई जनभावना अनुरुप आफुले नेपालमै उपचारको व्यवस्था गर्ने र विदेशमा उपचार आफुखसी गराउनेको खर्च सरकारले नदिने व्यवस्था गरेको मन्त्री बस्नेतले बताए ।

नगरप्रमुख मोहन बस्नेतको अध्यक्षता तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको नगरअस्पताल उद्घाटन समारोहमा स्थानीय तह र प्रदेश तथा संघ सरकारका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रमका वक्ताहरुले दक्षिणकाली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा रचनात्मक काम गरेको बताएका थिए ।

नगरअस्पताल सञ्चालनपछि दक्षिणकाली नगरबासीको उपचारमा सहज हुनेभएको छ ।

प्रकाशित मिति : २०८०, १४ श्रावण आइतबार ००:००  १२ : ४६ बजे