२०८१, २४ बैशाख सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनपाटनको शैक्षिक नीति : व्ययभार घटाउने, गुणस्तर बढाउन ७३ जना गाउँ शिक्षक खटाउने



सिन्धुलीको तीनपाटन गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि नयाँ नीति ल्याएको छ । व्ययभार घटाउने र गुणस्तर बढाउने नीति लिएको  तीनपाटनले शैक्षिक पूर्वाधार विकास, प्राविधिक शिक्षाको विस्तार, बुहारी छात्रवृत्ति, दिवा खाजा व्यवस्थापन, शैक्षिक सामाग्री र प्रविधिको न्यायोचित वितरण, दरबन्दी मिलान र गाउँ शिक्षक नियुक्ती गरेर खटाउने सम्मको कार्यविधि बनाएर लागू गरेको हो ।

सामुदायिक विद्यालयका सबै समस्या पहिचान गरेर समस्याको दिर्घकालिन समाधान गर्दै गाउँकै विद्यालयमा निःशुल्क र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने कार्यविधि नै बनाएर काम सुरु गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले बताए । अघिल्लो ५ वर्ष अध्यक्ष हुँदा शैक्षिक सुधारका लागि थालेका कामको अध्यक्ष मगरले अहिले पूर्णता दिँदैछन् ।

विगतमा वडामा पठाएको सिलिङबाट वडाले विद्यालयलाई अनुदान दिने र नीजी शिक्षक भर्ति गर्ने चलन थियो । यसरी राखिएका शिक्षकको तलवमा समेत एकरुपता थिएन । नीजीमा राखिएका शिक्षकहरु जिम्मेवार नहुँदा पठनपाठन प्रभावकारी हुनसकेको थिएन ।

अहिले गाउँपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालयलाई गाभ्ने, कम दरबन्दी भएका बढी विद्यार्थी रहेका विद्यालयमा विद्यार्थी अनुपातका आधारमा गाउँ शिक्षक पठाउन र  पालिकाले नियुक्त गरेका शिक्षकलाई श्रम ऐनले तोके अनुसार तलव निर्धारण गरेर दिन थालेको छ ।

तीनपाटनको शैक्षिक विकासमा नयाँ आयाम थपिने र युग सुहाउँदो शिक्षा दिएर प्रतिस्पर्धी जनशक्ति तयार गरिने गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले बताए । व्ययभार घटाउने र नीजि शिक्षकलाई जिम्मेवार बनाउने गाउँपालिकाको नीति रहेको अध्यक्ष मगरको भनाई छ ।  

तीनपाटनले ७३ जना गाउँ शिक्षक नियुक्त गरेर खटाउँदैछ । कक्षा १–५ का लागि २९ जना, ६–८ का लागि ३० जना, बालविकास केन्द्र ६ जना र माध्यमिक तह ९–१२ का लागि ८ जना शिक्षक नियुक्त गर्ने प्रकृया चलिरहेको छ ।

विगतमा २ करोड ५० लाख सम्म वार्षिक नीजी शिक्षकको तलव भक्तामा खर्च हुने गरेको थियो । यसवर्षबाट वार्षिक १ करोड ५० लाखले पुग्नेगरी गाउँ शिक्षक राखिने छ ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार ००:००  १० : ०२ बजे