२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा त्यागेका सुनिल थापा कांग्रेस प्रवेश



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी ५० भन्दा बढी नेता–कार्यकर्तासहित मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरे ।

राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलले केहीदिन अघि राप्रपा परित्याग गरेका थिए । नवप्रवेशी नेताहरुलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले माला लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले आफु लोकतन्त्र बलियो बनाउन कांग्रेस प्रवेश गरेको बताए । थापाले कांग्रेस प्रवेश गर्नु आफ्ना लागि सौभाग्यको कुरा रहेको भन्दै आफु कांग्रेस नेताहरुको भाग खोस्न पार्टी प्रवेश नगरेको बताए । थापाले आफ्ना पिता सूर्यबहादुर थापा २०१० सालमा धनकुटा कांग्रेसको सभापति भएको स्मरण गर्दै ६७ वर्षपछि कांग्रेससँग नाता जोड्न पाउँदा खुसी लागेको बताए ।

उनले नेपालमा प्रजातान्त्रिक शक्ति कमजोर हुँदा अधिनायकवादी शक्ति बढेको तर्क गरे । उनले अब राप्रपाका विभिन्न जिल्ला कार्यसमितिहरु पार्टि परित्याग गरी कांग्रेसमै समाहित हुने दाबी समेत गरे । थापाले काँग्रेसमा सह–महामन्त्री पाउने छन् भने उनी सँगै प्रवेश गर्ने ५ जनाले केन्द्रीय सदस्य पाउने बताइएको छ ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार ००:००  ११ : ५७ बजे