२०८१, ६ जेठ आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निसीखोला गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष जेल सजाय तोकियो



बाग्लुङको निसीखोला गाउँपालिका अध्यक्षलाई साढे ३ वर्षको जेल सजाय तोकिएको छ । गाँजा भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बाग्लुङले साढे ३ वर्षको जेल सजाय सुनाएको हो ।

उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले अध्यक्ष घर्तीलाई साढे ३ वर्ष जेल सजाय तोकेको छ । यसअघि जिल्लाले गरेको फैसला नै उच्चले सदर गरेको हो ।

९ महिना अघि जिल्ला अदालत बागलुङले घर्तीलाई ५० हजार जरिवाना र ३ वर्ष ६ महिना जेल सजाय तोकेको थियो । अदालतको फैसला पछि पनि लामो समय उनी फरार थिए ।

०७७ साल असार १२ गते निसीखोला गाउँपालिका ६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई गाँजा सहित पक्राउ गरेको थियो । गाँजा भण्डारण गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ (क) अनुसार २०७७ भदौ ४ गते उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो ।

पक्राउ परे लगत्तै झण्डै ३ महिना पुर्पक्षका लागि थुनामा बसेपछि धरौटीमा रिहा भएका थिए ।

घर्ती गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार ००:००  २ : ४७ बजे