२०८१, ३ फाल्गुन शनिबार | Sun Feb 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीका अध्यक्ष कमल तामाङलाई एकै महिना २ अन्तराष्ट्रिय अवार्ड



ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले एकै महिनामा २ अन्तराष्ट्रिय अवार्ड पाएका छन् । अक्सफोर्ड युनिभर्सिटी मार्फत नेल्सन मण्डेला लिडरसीप अवार्ड २०२३ बाट सम्मानित भएको एक महिना नबित्दै अध्यक्ष तामाङ भारतको प्रतिष्ठित डा.एपीजे अब्दुल कलाम इन्टरनेश्नल अवार्ड २०२३ बाट सम्मानित भएका हुन् ।

नेपालमा गरेको सामाजिक कामका आधारमा लगातार अन्तर्राष्ट्रिय अवार्ड पाउने सुनकोशीका अध्यक्ष तामाङ सम्भवतः देशकै पहिलो अध्यक्ष हुन् । कतिपय स्थानीय तहका प्रमुख जिम्मेवारीमा पुगेपछि अपेक्षित काम गर्न नसकेको भनेर आलोचित भइरहेका बेला गाउँदेखि जिल्ला र देशमा नमुना अध्यक्षको पहिचान स्थापित गरेका तामाङ अन्तर्राष्ट्रिय स्तरबाटै सम्मानित भएका हुन् ।


डा.एपीजे अब्दुल कलाम फाउण्डेशनले सुनकोशी गाउँपालिका अध्यक्ष तामाङलाई भारतको कलकत्तामा डा.एपीजे अब्दुल कलाम इन्टरनेश्नल अवार्ड मार्फत सम्मान गरेको हो । जनताको अभिमत प्राप्त जनप्रतिनिधिले खेलेको जनपक्षिय भूमिकाको कदर गर्दै अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।


प्राप्त अन्तर्राष्ट्रिय अवार्डले सुनकोशीको समृद्धि र जनताको पक्षमा उभिएर सामाजिक सेवा गर्न थप उर्जा मिलेको उनको भनाई छ । सम्मानित भएपछि पालिका, जिल्ला र देशमै उनको कामको चर्चा भइरहेको छ ।


अध्यक्ष पदमा निर्वाचित भएपछि आफूले पाउने सबै तलबभत्ता सोही गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि वितरण गर्ने गरेका छन् ।


शिक्षा, स्वास्थ्य, स्वरोजगार र सामाजिक उत्तरदायित्वका सवालमा सुनकोशीले तुलनात्मक हिसाबले अब्बल काम भइरहेको छ ।

प्रकाशित मिति : २०८०, २९ आश्विन सोमबार ००:००  ८ : ५५ बजे