२०८१, ७ कार्तिक बुधबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाका डिएसपी निलम्बित



जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न्। उनी हुम्लाका प्रहरी प्रमुखसमेत हुन्।

रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

भट्टराईलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट समेत हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ। हाल उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले जानकारी दियो।

यसअघि २०७७ वैशाखमा पनि इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा डिएसपी भट्टराईको जिम्मेवारी खोसिएको थियो।

प्रकाशित मिति : २०८०, १२ कार्तिक आइतबार ००:००  ११ : २८ बजे