२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुली कारागारमा कैदी बन्दीको मृत्यु



सिन्धुली कारागार कार्यालयमा एक कैदी बन्दीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापा छन्।

सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा फेला परेका थिए।

उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

विमल सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा थिए।

उनको मृत्युको कारण खुलेको छैन। कारागारमा झगडा भएको भन्ने रिपोर्ट पनि नआएको र बुधबार उनी सकुशल नै सुतेको डिएसपी दाहालले जानकारी दिए।

विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

पोष्टमर्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने डिएसपी दाहालले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको पनि उनले बताए।

प्रकाशित मिति : २०८०, ३० कार्तिक बिहीबार ००:००  १० : ४४ बजे