२०८२, ८ श्रावण बुधबार | Wed Jul 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शंखरापुर नगरपालिकासँग मनास्लु वर्ल्ड कलेजको ‘शैक्षिक सम्झौता’



काठमाडौंको शंखरापुर नगरपालिका र मनास्लु वर्ल्ड कलेजबिच शैक्षिक सम्झौता भएको छ । शैक्षिक विकासका कार्यक्रमहरु सञ्चालन गर्नेगरी नगरपालिका र कलेजले सम्झौतामा दोहोरो हस्ताक्षर गरेका हुन् ।

शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश नापित र मनास्लु वर्ल्ड कलेजको तर्फबाट कलेजका अध्यक्ष गेन्द्र लामाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा मनास्लु वर्ल्ड कलेजले शंखरापुर नगरपालिकाका एसईई उत्तीर्ण जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई नगरपालिकाको विशेष सिफारिसमा वार्षिक १० जना सम्मलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने र स्नातक तहका लागि पनि छात्रवृत्ति प्रदान गर्ने, नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुलाई क्षमता अभिवृत्ति तथा विभिन्न शैक्षिक उन्नयनका कार्यक्रमहरुमा मनास्लु वर्ल्ड कलेजले विशेष सहयोग तथा सहकार्य गर्ने उल्लेख छ ।

मनास्लु कलेज विद्यार्थीको रोजाइको कलेजमा पर्दछ । यहाँको शैक्षिक वातावरण र गुणस्तरीय शिक्षाले देशभरका विद्यार्थी आकर्षित गराएको छ ।

प्रकाशित मिति : २०८०, २९ मंसिर शुक्रबार ००:००  १२ : ४२ बजे