२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा ३ सय ५ वर्ष पुरानो विद्यालयको नयाँ भवन उद्घाटन



देशकै जेठो मानिने ३ सय ५ वर्ष पुरानो विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । महोत्तरीको मटिहानी स्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालयमा निर्माण भएको २ कोठे पक्की नयाँ भवन उद्घाटन गरिएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २० लाखको लागतमा निर्माण भएको भवन मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले समुद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मण्डलले देशकै सबैभन्दा जेठो करिब ३०५ वर्ष पुरानो विद्यालयमा निर्माण भएको उक्त भवनमा पठनपाठन गर्न गराउन सहयोग पुग्ने बताए ।

नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु ल्याएको उनको भनाई थियो ।

वड़ा नं.७ का वड़ा अध्यक्ष जीत नारायण माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.६ र ८ का वड़ा अध्यक्षहरु कलीम अंसारी र रितेश साह,कार्यपालिका सदस्य अरुण नाहर, वड़ा नं ८ का पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, या.ल.ना. विद्यापीठका प्राध्यापक हेम नारायण कर्ण, श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका प्र.अ. ईश्वरी पौडेल, श्री राम मा.वि. मटिहानीका प्र.अ. श्रीश कुमार मिश्र, शिक्षक शिक्षिका, विद्यार्थीलगायत स्थानीयर सरोकारवालाहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८०, ३ पुस मंगलबार ००:००  ८ : ५० बजे