२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं विद्यालयले ‘डिआई’ राख्न नपाउने



काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयलाई अनुशासन इन्चार्ज (डिआई) नराख्न निर्देशन दिएको छ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सूचना जारी गर्दै विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्नका लागि डिआई नराख्न सूचित गरेका हुन्।

अनुशासन इन्चार्ज तोकिएको व्यक्तिले विद्यार्थीमा भय सिर्जना गर्ने, शारीरिक सजाय दिने तथा मनोवैज्ञानिक रूपमा नकारात्मक प्रभाव पर्ने गतिविधि गरेको भन्दै महानगरले यस्तो निर्देशन दिएको हो।

प्रकाशित मिति : २०८०, ६ पुस शुक्रबार ००:००  ८ : २७ बजे