२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छायाँनाथका मेयरकाे सेवा: आफ्नै सुविधाबाट एम्बुलेन्स खरिद, आफैं चालक !



मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफ्नो सेवा सुविधा बापतको रकमबाट नगरबासीका लागि एम्बुलेन्स खरिद गरेका छन् । नगरप्रमुखलाई नियमानुसार राज्यले दिने सुविधाबापतको रकम नगरबासीकै सेवामा खर्चिेने उद्घोष गरेका मेयर भामले सुविधा वापतको रकमले नेपाल सरकारबाट करछुटमा एम्बुलेन्स खरिद गरेर छायाँनाथ रारामा सञ्चालनमा ल्याएका छन् ।

आफ्नै सेवा सुविधाको रकमले नगरबासीका लागि एम्बुलेन्स किनेका मेयर भामले आफैं चालक बनेर बिरामीलाई अस्पताल लैजान थालेका छन् । सवारीचालक अनुमती पत्र बनाएको र सवारी चलाउने सीप समेत आफुसँग भएकाले जनताको सेवामा पछि पदमा नरहँदा पनि सेवा दिने लक्ष्य राखेको उनले अनलाइन सरोकारसँग बताए ।

अघिल्लो कार्यकालमा वडाअध्यक्ष हुँदा पनि भामले राज्यबाट पाउने सेवा सुविधा जनताकै लागि खर्चिएका थिए ।
कर्णाली प्रदेशमै पहिलो पटक नगरबासीका लाथिग नगरबस सञ्चालनसहितका रचनात्मक काम गर्दै आएका मेयर भामले एम्बुलेन्स सेवा सुरुगरेर दुर्गमका नागरिकलाई उपचार सेवाको पहुँच दिलाएका छन् ।

प्रकाशित मिति : २०८०, ११ पुस बुधबार ००:००  १ : ५९ बजे