२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाेकप्रियता बढाउँदै छायाँनाथका मेयर : आफैँ एम्बुलेन्स चलाएर बिरामी अस्पताल लैजाँदै



मुगुको छायाँनाथ राराका मेयर विष्णुकुमार भामले एकपछि अर्को नयाँ रेकर्ड राख्ने गरी जनताका काम गरिरहेका छन् । केही समयअघि नागरिकका लागि आवतजावतमा सहजता दिलाउन नगरबस सञ्चालनमा ल्याएका मेयर भामले बिरामीका लागि एम्बुलेन्स सेवा सुरु गरेका छन् । छायाँनाथका नागरिकलाई बिरामीपर्दा उपचारका लागि समयमै अस्पताल लैजान र सहज स्वास्थ्य सेवा उपभोग गराउन नगरपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको हो ।

नगरप्रमुख विष्णुकुमार भामले आफैँ एम्बुलेन्स चलाएर बिरामीलाई अस्पताल पुर्‍याउँदै सेवा शुभारम्भ गरेका छन्  ।

नगरप्रमुख भामले बिहीबार छायाँनाथ रारा नगरपालिका– ६ बालै गाउँका बिरामी ७० वर्षीय लोकबहादुर भाम र ६८ वर्षीया हिमकलालाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएर एम्बेलन्स सेवा सुरु गरेका हुन् ।

कार्यालयको कामसँगै आवश्यकताअनुसार बिहान र बेलुका तथा बिदाको दिन सडकको पहुँच पुगेका बस्तीमा आफैँले एम्बुलेन्स सेवामार्फत बिरामीको सेवा गर्ने मेयर भामले बताए ।

एम्बुलेन्स सेवाबाट गाउँ–बस्तीका बिरामी लाभान्वित हुनेछन् । यसअघि महंगो भाडामा सवारी रिजर्भ गरेर उपचारका लागि अस्पताल जानुपर्ने स्थानीयको बाध्यता थियो । 

नगरपालिकाले एम्बुलेन्सचालक पनि राखेको छ ।

तर आफूलाई सवारीसाधन चलाउन आउने र चालक अनुमतिपत्र पनि प्राप्त भइसकेकाले आफ्नो समय मिलेका बखत नगरपालिकाभित्र एम्बुलेन्स सेवा आफैँ दिएर नगरबासीको उपचारमा साथ दिने मेयर भामको भनाई छ । ‘म जनताको सेवामा हिँजो मेयर नहुँदा पनि सकृय थिएँ । अहिले जिम्मेवारीमा हुँदा पनि छु र भोली कार्यकाल सकिएपछि पनि उत्तिकै सकृय भएर सेवालाई निरन्तरता दिनेछु ।’ मेयर भामले भने, ‘मलाई यहाँका नागरिकको हरेक समस्या थाहा छ । कसरी सेवा दिने भन्ने पनि योजना बनाएरै जिम्मेवारीमा आएकाले क्रमशः एकपछि अर्को कामलाई निरन्तरता दिइरहेको छु ।’ पूर्वाधार विकासँगै मावन पँजिको विकास र सेवाभावका काम गरेर समृद्ध नगर नगर निर्माणमा योजनावद्ध काम हुने उनको भनाई छ ।

निर्वाचित भएको २ वर्ष नपुग्दै कतिपय जनप्रतिनिधि अनेकौं विवादमा फसेपनि छायाँनाथका मेयरले रचनात्मक काम गरेर आफ्नो लोकप्रियता बढाइरहेका छन् ।

प्रकाशित मिति : २०८०, ६ पुस शुक्रबार ००:००  ८ : ०८ बजे