२०८१, ११ श्रावण शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका अग्निपीडितलाई तीन लाख राहत



ओखलढुंगाका अग्निपीडितलाई ३ लाख राहत हस्तान्तरण गरिएको छ । आगलागीबाट ज्यान गुमाएकाको परिवालाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ३ लाख नगद राहत प्रदान गरेको हो ।

जिल्लाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि सोमबार ५५ वर्षिय पुण्यमाया धमला र वर्ष १६ का छोरा कञ्चन धमलाको ज्यान गएको थियो । जंगलमा आगलागी भएपछि खरबारीमा रहेको खरघाँस जोगाउने क्रममा जलेर उनीहरुको ज्यान गएको थियो ।

आगलागीमा परि श्रीमती र छोरा गुमाएका रेवती धमलाको घरमै पुगेर ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति संयोजक डा.नारायण प्रसाद ढकालले नगद तीन लाखराहत रकम हस्तान्तरण गरेका छन् । दैवी प्रकोप उद्वार राहत समितिबाट पिडाको घडीमा समवेदना र सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको प्रजिअ ढकालले बताए ।

सिद्धिचरण नगरपालिकाकाले अग्निपीडित धमला परिवारलाई १ लाख राहत दिने भएको छ । प्रमुख जिल्ला अधिकारीद्धारा राहत हस्तान्तरण कार्यक्रममा सिद्धिचरणका नगरप्रमुख तेजेन्द्र खनालले अप्रत्यासित घटनाले आफुहरुलाई पनि दुःखित तुल्याएको बताउँदै नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई एक लाख सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए । 

नेपाली सेनाको दुर्गा बक्स गणका गणपति विजय लिम्बु आङदम्बेले गणको तर्फबाट खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : २०८१, २७ बैशाख बिहीबार ००:००  ११ : ५९ बजे