२०८१, ४ आश्विन शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेशमा कृषि विद्युतीकरणको पहल: तत्काल योजना लागूगर्न प्राधिकरणलाई मुख्यमन्त्रीको निर्देशन



मधेशमा कृषि विद्युतीकरणको पहल थालिएको छ । कृषिमा आत्मनिर्भर मधेश प्रदेशका किसानले भोग्दै आएको सिंचाई समस्या समाधानका लागि प्रदेश सरकारले कृषि विद्युतीकरणको पहल थालेको हो ।

मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह आफैंले किसान लक्षित यो कार्यको नेतृत्वदायी पहल गरेका छन् । मुख्यमन्त्री सिंहले आईतबार नेपाल विद्युत प्राधिकरण, मधेश प्रदेशका प्रमुख मोनीन्द्र ठाकुरसँग मधेश प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको विषयमा छलफल गरेका छन् ।

छलफलका क्रममा मुख्यमन्त्री सिंहले तत्काल प्रदेशका सबै जिल्लामा सहज रुपमा लागू हुनेगरी कृषि विद्युतीकरणको योजना लागूगर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय तराई मधेशका जिल्लामा विद्युतबाट पानी तानेर सिंचाई गर्ने चलन बढेको छ । खेतका बीचभागमा इनार खन्ने र त्यसमा मेसिन राखेर विद्युतमार्फत जमिनमुनीको पानी
तान्ने गरिन्छ ।

व्यवस्थित कृषि विद्युतीकरणको पहल नहुँदा कतिपय ठाउँमा स्थानीयले आफुखुसी विद्युत प्रयोग गरेर सिंचाई गर्दै आएका छन् ।

पर्साको ठोरी लगायतका केही स्थानीय तहले पालिका स्तरबाटै पनि कृषि विद्युतीकरणको योजना बनाएर कार्यान्वयन सुरु गरेका छन् ।

प्रकाशित मिति : २०८१, ४ असार सोमबार ००:००  ६ : ४१ बजे