२०८३, १९ श्रावण मंगलबार | Tue Aug 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिड भ्याली कलेज देशभरका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने



भक्तपुरको नयाँ थिमिमा रहेको मिड भ्याली एसएस कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रत्येक जिल्लाका उत्कृष्ट १ जना छात्र र १ जना छात्रालाई पूर्ण छात्रवृत्ति समेत दिने घोषणा कलेजले गरेको हो ।

एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिड भ्याली ग्रान्ड टपर्स छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ।

जसमा प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट उत्कृष्ट १/१ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ।

प्रकाशित मिति : २०८१, २१ असार शुक्रबार ००:००  ३ : ३४ बजे