२०८३, १ श्रावण शुक्रबार | Sat Jul 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशी पुरिएका दुई जनाको शव भेटियो



सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोसी–१ जलविद्युत आयोजनाको ढलान खसेर पुरिएका दुई जना कामदारको शव भेटिएको छ ।

ज्यान गुमाउनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का रामजिन थारु र ठाकुरबाबा नगरपालिका–५ का सुमन थारु रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए ।

रामजिनको गएराति र सुमनको आज बिहान शव भेटिएको हो । हिजो ढलान खस्दा १० जना कामदार घाइते भएका थिए । तीमध्ये तीन जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

अरू सात जनाको धुलिखेलमा उपचार भइरहेको डीएसपी भट्टराईले जानकारी दिनुभयो । ४० मेगावाटको आयोजना भोटेकोशी गाउँपालिका–३ मा निर्माणाधीन छ ।

प्रकाशित मिति : २०८१, २२ असार शनिबार ००:००  ११ : २० बजे