२०८२, ९ श्रावण बिहीबार | Thu Jul 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगी आरोपमा वडासदस्य पक्राउ



सहकारी ठगीको आरोप लागेका सप्तरीको राजविराज नगरपालिका– ३ का वडासदस्य सिद्धार्थ तातेड पक्राउ परेका छन्। सप्तरी प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहेका तातेडले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४५ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए। प्रहरीले घटनाको अनुसन्धान गरी तातेडसहित सातजनालाई प्रतिवादी बनाएर १९ साउन ०८० मै मुद्दा दर्ता गरेको थियो।

त्यसको एक वर्षपछि उनी पक्राउ परेका हुन्। अन्य ६ जना अझै फरार छन्। पक्राउ परेका तातेडका सम्बन्धनमा अनुसन्धान गर्न सप्तरी जल्ला अदालतबाट शुक्रबार म्याद लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१, ४ श्रावण शुक्रबार ००:००  १० : ०३ बजे