२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय ‘हव’ बन्याे ‘युद्धकिल्ला’ दुगुनागढी ! (भिडियाे)



दुगुनागढी नेपालको एक ऐतिहासिक युद्धकिल्ला हो ।

प्राचीन सभ्यातालाई प्रतिबिम्बित गर्ने यो ठाउँको आफ्नै संस्कार, संस्कृति र पहिचान छ । 

नेपाल–चीनको सिमानामा पर्ने यो गढी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ३ को दुगुनामा पर्दछ । करिब २०० रोपनी क्षेत्रमा फैलिएको यो युद्धकिल्ला समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा अवस्थित छ ।

नेपाल–तिब्बतबीच पहिलो पटक सन् १७८८, दोस्रो पटक सन् १७९२ र तेस्रो पटक सन् १९८५ मा भएको युद्धको बेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाईको दर्शन गरेर नेपाली फौज लडाइँमा गएको इतिहास छ ।

नेपाल र तिब्बत युद्धकै लागि यो गढी निर्माण गरिएको थियो । युद्धका बेला जंगबहादुर राणाले घुँडा टेकेर तिव्बतको सेनामाथि गोली प्रहार गरेको इतिहास छ । यो ठाउँमा देखिने जंगबहादुरको पाइलाको निशानले अहिले पनि त्यसबेलाको इतिहासलाई जीवित राखेको छ । 

लिस्तीमाईको दर्शन गरेर तिब्बतसँग लडाइँ लडेकाले दुगुनगढी नेपालकै ऐतिहासिक किल्ला हो ।

गर्विलो इतिहास बचाउँदै गढीको संरक्षण र प्रवद्र्धन गर्न स्थानीय सरकार भोटेकोशी गाउँपालिका र नेपाली सेनाले निरन्तर पहल गर्दै आएका छन् ।

नेपाल–तिब्बत युद्धका बेला सुरक्षाका लागि कालीप्रसाद, शेर र गोरखनाथ गरी तीनवटा गणले संयुक्त रुपमा निर्माण गरेको दुगुनागढीमा अहिले भोटेकोशी गाउँपालिकाको अगुवाइमा पूर्वाधार विकासमा र प्रचारका काम भईरहेको छ ।

चारैतिर हिमालले घेरिएको दुगुनागढी निकै मनमोहक र रमणीय छ ।

पुरानो इतिहास जोडिएको यो क्षेत्र अहिले आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

प्राकृतिक सौन्दर्यसँगै पुरातात्विक दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने दुगुनागढीबाट तिब्बती भूमि र चीनस्थित गौरी पर्वत हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । नेपाल–चीन सीमापारि देखिने झरनाको दृश्य निकै आकर्षक छ ।

दुगुनागढीलाई नेपालकै प्रमुख पर्यटकीय हव बनाउने गरी योजनावद्ध काम भईरहेको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाको भनाई छ ।

इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको छ ।

राजधानी काठमाडौँबाट नजिकको दुरी पर्ने भोटेकोशीमा दुगुनागढीको अलवा एसियाकै ठूलो मानिने बन्जी जम्प, तातोपानी नाका, तातोपानी धारा, लिस्तीमाई स्थान, पौ गुम्बा, आनी गुम्बा, भैरवकुण्ड, नारायणस्थान मन्दिरसहित दर्जनौं धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक सम्पदा छन् । यि आकर्षक गन्तव्य पर्यटकको पर्खाइमा छन् ।

भिडियाेमा हेर्नुहाेस् दुगुनागढी

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार ००:००  १२ : ०३ बजे