२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय सरकार संस्थागत स्वमूल्याङ्कनकाे नतिजा सार्वजनिक, कुन पालिकाले कति अंक ल्याए ?

नगरपालिकामा नीलकण्ठ र गाउँपालिकामा बेनीघाट रोराङ प्रथम



स्थानीय सरकार संस्थागत स्वमूल्याङ्कनकाे नतिजा सार्वजनिक भएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०७९-०८० को नतिजा सार्वजनिक गरेको हाे ।

स्थानीय सरकार संस्थागत स्वमूल्याङ्कनमा नगरपालिका र गाउँपालिका दुवैमा धादिङका २ पालिका प्रथम भएका छन् । नगरपालिकामा नीलकण्ठ र गाउँपालिकामा बेनीघाट रोराङ प्रथम भएका हुन् ।

नगरपालिका तर्फ ९२.५० अंकसहित निलकण्ठ नगरपालिका धादिङ प्रथम, ९२ अंकसहित तिलोत्तमा नगरपालिका रुपन्देही द्धितीय र ९०.५० अंकसहित रत्ननगर नगरपालिका तृतिय भएका छन् ।

गाउँपालिका तर्फका उत्कृष्ट ३ मा ८७.२५ अंकसहित बेनीघाट गाउँपालिका धादिङ प्रथम र समान ८७ अंकसहित गुल्मीको रुरु क्षेत्र गाउँपालिका र ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक दोस्रो स्थानमा छन् ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधारमा स्थानीय सरकार बीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय सरकार संस्थागत स्वमूल्याङ्कन वर्षेनी गर्ने गरिन्छ ।

आ.व. २०७९/८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा

प्रकाशित मिति : २०८१, ७ भाद्र शुक्रबार ००:००  १ : २१ बजे