२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैंमा नयाँ नोट नपाइने



यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए ।

राष्ट्र बैंकले हरेक दशैंतिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।

उक्त योजना यस पटकको दशैंबाट लागू गरिने डा. पोखरेलले जानकारी दिए ।

उनले भने, ‘ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने गरेको छ । यसकारण दशैंमा नयाँभन्दा पनि सुकिला नोट दिने तयारी गरेका छौं ।’

दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

प्रकाशित मिति : २०८१, १८ भाद्र मंगलबार ००:००  २ : ३६ बजे