२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालमैत्री बन्दै मन्थली



रामेछापको मन्थली नगरपालिकालाई बालमैत्री नगर घोषणाको तयारी गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यक्रम सञ्चालित मन्थलीलाई बालमैत्री नगर घोषणाको तयारी गरिएको हो ।

गतवर्षबाट नगरपालिकाको वार्षिक नीति कार्यक्रममा बालमैत्री नगर निर्माणलाई प्राथमिकतामा राखेको मन्थलीले बालमैत्री स्थानीय तह घोषणाका ५१ वटा सूचक पुरा गर्नेगरी काम गरिरहेको छ । विशेषगरी अभिभावक विहिन र विद्यालय बाहिर रहेका बालबालिकालाई व्यवस्थापन गर्ने गरी स्थानीय तहको अगुवाइमा संघसंस्थाको समेत साथ लिएर काम गरिरहेको मन्थलीका नगरप्रमुख लब श्रेष्ठले बताए । गाउँटोलबाटै बालबालिकाको संरक्षण र अधिकारका पक्षमा काम गर्दै वडाहरुलाई बालमैत्री वडा घोषणा गरेर सबै सूचक पुरा गरेर सिंगो मन्थली नगरलाई बालमैत्री नगर घोषणा गरिने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

नगरले बालमैत्री शासनको नीतिमा जोडदिएपछि मन्थली नगरपालिका भित्र बालअधिकारका पक्षमा अभियानहरु सुरु भएका छन् । भने बालअधिकार हनन्का घटनाहरु न्यूनिकरण भएका छन् ।

नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं. २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको छ । स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ कार्यान्यनमा छ । स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्ज‘मा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्देश्यले बालमैत्री शासनको निर्देशिका बनाइएको हो ।

यो निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाऊका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८१, ६ आश्विन आइतबार ००:००  १ : ५९ बजे