२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै तहका परीक्षा स्थगित



सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको छ । मेडिकल काउन्सिलको परीक्षाका लागि देशभरबाट काठमाडौं आएका विद्यार्थी राजमार्गहरू बन्द भएका कारण बाटोमै अलपत्र छन् । काउन्सिलले परीक्षा रद्द नगरेकोमा आलोचना भइरहेको छ ।

दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार ००:००  ४ : ५९ बजे