२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारकेश्वर नगरपालिकाका अमिन घुससहित पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको घुस सहित तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिकामा कार्यरत अमिन (करार) चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

चौलागाईलाई सेवाग्राहीबाट २० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार तारकेश्वर नगरपालिका वडा नं.६ धर्मस्थलीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८१, १४ आश्विन सोमबार ००:००  ८ : ०६ बजे