२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो



देशभरिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रम सुरू भएको छ।

शुक्रबारदेखि सुरु भएको भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम भोलिसम्म चल्नेछ।

६ महिनादेखि पाँच वर्षमूनिका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको हो।

२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइन्छ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार ००:००  २ : ०६ बजे