२०८३, २८ भदौ आइतबार | Sun Sep 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अतिरिक्त शुल्क फिर्ता माग्दै केएमसीमा विद्यार्थी आन्दोलित



अतिरिक्त शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थी दुई दिनदेखि आन्दोलनमा उत्रिएका छन्।

कलेजले इन्टर्नसिप तथा अन्य अतिरिक्त शुल्क फिर्ता नगरेपछि एमबिबिएसका विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्डसहित अस्पतालमा प्रदर्शन गरिरहेका छन्।

इन्टर्नसिप शुल्क, इन्टर्नसिप परीक्षा शुल्क, रजिस्ट्रेसन शुल्कजस्ता विभिन्न नाममा लिइएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार ००:००  २ : १८ बजे