२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३४ बिरामीको घुँडाको शल्यक्रिया



नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।

अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीका अनुसार लामो समयदेखि घुँडा खिइएका बिरामीको शल्यक्रिया गरिएको हो  । अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिपरेको जानकारी दिए ।

निर्देशक भण्डारीका अनुसार अस्पतालले प्रत्येक वर्ष कम्तीमा चार पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ । अमेरिकाबाट आउनुभएका अर्थोपेडिक सर्जन डा रवि बस्यालले अर्थोपेडिक अस्पतालसँग सन् २००९ देखि नै सहकार्य गर्दै आएको र  हाल सम्म करिब ६ सय घुँडाको शल्यक्रिया भएको बताए । उनका अनुसार नेपाल अर्थोपेडिक अस्पतालका चिकित्सक दक्ष, अनुभवी भएकाले नेपाल अर्थोपेडिक अस्पतालमा समेत घँुडा खिइएका बिरामीहरूको सफल शल्यक्रिया भइरहेको छ ।

अनाथ, असहाय, निम्न वर्गीय तथा अपाङ्गता भएका नागरिकको स्वास्थ्य सेवामा समर्पित रहनेगरी गैरनाफामूलक संस्थाका रूपमा सन् १९९८ मा स्थापना भएको यस अस्पतालले हाडजोर्नीका बिरामीका लागि सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१, ८ मंसिर शनिबार ००:००  ५ : ३८ बजे