२०८१, ११ पुस बिहीबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेश विश्वविद्यालयलाई प्राविधिक र व्यवसायिक शिक्षाको केन्द्र बनाउन छलफल



बागमती प्रदेश विश्वविद्यालयलाई प्राविधिक र व्यवसायिक शिक्षाको केन्द्र बनाउन प्रदेश सरकारले पहल थालेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारका सरोकारवाला मन्त्री, सचिवसहितका सरोकारवाला र विज्ञसँग शुक्रबार प्रादेशिक विश्वविद्यालयको व्यवस्थापनका विषयमा छलफल गरेका हुन् ।

बागमती प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा व्यवस्थापनका विषयमा बृहत योजना बनाउन भएको सरकार र विज्ञसहितको बैठकमा व्यवस्थित, मर्यादित, आधुनिक, बैज्ञानिक र प्रविधिमैत्री शिक्षालाई पाठ्यक्रमसँग जोड्दै युवा पुस्ताको माग र आवश्यकताको शिक्षा प्रणाली निर्माण र व्यवस्थापन गर्नेलगायतका विषयमा छलफल भएको थियो । बागमती प्रदेश प्रादेशिक विश्वविद्यालयलाई नेपाली विद्यार्थीको रोजाईको शैक्षिक केन्द्र बनाउनेगरी आवश्यक अध्ययन, अनुसनधान गरी ठोस् योजना बनाउन मुख्यमन्त्री लामाले निर्देशन दिएका छन् ।

छलफलमा प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, युजिसीका अध्यक्ष प्रा.डा देवराज अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव हरि लम्साल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्रा.डा. लेखराज शर्मा, संरक्षक समितिका अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेल, प्रा.डा.मनप्रसाद वाग्लेलगायतका विषयगत विज्ञहरुको सहभागिता थियो ।  

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार ००:००  १० : ०६ बजे