२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपिएलमा काठमाडौंद्वारा चितवनसामु ११२ रनको लक्ष्य



काठमाडौँ, १७ मङ्सिर स् सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजसामु जितका लागि एक सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो । काठमाडौँका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे । त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए । 

बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभरमा २१ रन खर्चिए । यस्तै  रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २०८१, १७ मंसिर सोमबार ००:००  १२ : ०७ बजे