२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता खतिवडाको पहलमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार



ओखलढुंगा । ओखलढुंगाकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा प्रसुति गराईएकी मानेभञ्ज्याङ १ मोलिको पातली श्रेष्ठ (राई)लाई उच्च रक्तस्राव नरोकिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाईएको हो ।

सामान्य प्रसुति नभएपछि अप्रेसन समेत गरिएकाले विरामीको अवस्था जटिल बनेको थियो । कोरोनाका कारण सवारी मार्फत सुविधा सम्पन्न अस्पताल लैजाने अवस्था नभएपछि हेलिकप्टर मार्फत राजधानी लगिएको हो । नवजात शिशुको अवस्था भने सामान्य छ ।

सुत्केरीको उद्धारका लागि हेलिकप्टर व्यवस्था गर्न पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पहल गरेका थिए । जिल्लाबाट लगातार फोन मार्फत हेलिकप्टर माग भएपछि परिवारले शुल्क तिर्नु नपर्ने गरि हेलिहप्टर पठाएर सुत्केरीको उद्धार गरेको नेता खतिवडाले बताए । ‘कोभिडका कारण मुलुकको हालत यस्तो छ । समस्याहरु धेरै छन् त्यसमा पनि जिल्लाबासी १ जना बहिनी रक्तस्रावले निकै सिकिस्त भएको जानकारी पाएपछि सुत्केरीको परिवारले त्यो खर्च व्यहोर्नु नपर्ने गरी सरकारसँग् समन्वय गरेर हेलिकप्टर पठाएर उद्धारको व्यवस्था गरेँ ।’ खतिवडाले भने, ‘काठमाडौं ल्याईयो अस्पतालमा भर्ना गरिसकिएको छ । बेलैमा उद्धार गरेर बचाउन सकियो ।’ वडा अध्यक्ष राजकुमार रुम्दाली सहितका स्थानीय अगुवा र सुत्केरीका परिवारले खतिवडालाई सहयोगका लागि अपिल गरेका थिए । हेलिकप्टर चार्टरको सबै खर्च महिला तथा बालबालिका मन्त्रालयले व्यहोर्ने छ ।

खतिवडाको सहयोगले श्रीमतीलाई समयमै अस्पताल पु¥याउन पाएको भन्दै पातलीका श्रीमान अर्पण राईले खुसी व्यक्त गरेका छन् । ‘म अत्तालिएँ के गरौं कसो गरौं भन्ने अवस्थामा रामहरि माननीयले हेलिकप्टर पठाएर काठमाडौं ल्याईदिनुभयो । हाम्रो परिवारका लागि भगवान सरहको सहयोग जुटेको महसुस गरेको छु । अब त अस्पतालले उपचार गरेर सन्चो बनाउला ।’ राईले टेलिफेनमा भने, ‘एम्बुलेन्स पनि नपाएका बेला हेलिकप्टरमै छिटै अस्पताल ल्याईयो । साथ दिने सबैसँग खुसी छु ।’ कुनै विकल्प नभएपछि एम्बुलेन्स मार्फत काठमाडौं लैजाने भनिएपनि रक्तस्रावको विरामी लामो समय यात्रा गराउन नहुने र कोरोनाका कारण अहिलेको अवस्थामा सवारी यात्रा सहज नहुने भएपछि हेलिकप्टर मार्फत सुत्केरीको उद्धारमा जुटिएको खतिवडाका स्वकिय सचिव हुकुम राइले जनकारी दिए ।

नेता खतिवडाले कोरोनाको कहरका बेलापनि जिल्लाबासीका साना ठुला समस्यामा निरन्तर सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार ००:००  ८ : ३९ बजे