२०८२, २० बैशाख शनिबार | Sat May 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक



सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई कारोबार गरिरहे पनि कर विवरण पेस नगरेका ४८ हजारभन्दा बढी करदाताको नाम सार्वजनिक गरेको छ । लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदाताको नाम सार्वजनिक गरिएको हो ।

आन्तरिक राजश्व विभागले ननफाइलर अवधि ६ महिना कटेका करदाताको विवरण आफ्नो वेबसाइट मार्फत सार्वजनिक गर्दै १५ दिनभित्र कर विवरण पेस गरी कारोबार नियमित गर्न भनेको छ ।

वेबसाइटमा नाम सार्वजनिक भएका करदाताले आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गरी यस्तो विवरण बुझाउन सक्ने भएका छन् ।

यसरी विवरण सार्वजनिक भएका करदातामा अधिकांश साना उद्यमी छन् । नेपालमा भ्याट दर्ता हुने करदाता संख्या साढे ३ लाख हाराहारी छ ।  

प्रकाशित मिति : २०८२, १२ बैशाख शुक्रबार ००:००  ९ : ३२ बजे