२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेटमणि विरुद्धको जाहेरी दर्ता नहुँदै फिर्ताका लागि निवेदन



नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं सांसद मेटमणि चौधरीविरुद्धको जाहेरी दर्ता नहुँदै फिर्ताका लागि अर्को निवेदन परेको छ। गएको बुधबार एक व्यवसायीले चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँको चेक अनादरसम्बन्धी कसुरमा हुलाकमार्फत जाहेरी पठाएका थिए । जिल्ला प्रहरी कार्यालय दाङमा पुगेको उक्त जाहेरी दर्ताका लागि ती जाहेरवाला सनाखत गर्न नजाँदा दर्ता भएको थिएन।

दर्ता नहुँदै उक्त जाहेरी फिर्ताका लागि हुलाकमार्फत नै अर्को निवेदन परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनकुमार तिमल्सिनाले बताए।

‘पहिले हुलाकमार्फत नै आएको जाहेरी पनि पीडित सनाखत गर्न नआउँदा दर्ता भएको थिएन,’ उनले भने, ‘अहिले फेरि हुलाकमार्फत नै जाहेरी फिर्ताका लागि अर्को निवेदन आएको छ। हुलाकमार्फत आएको उजुरी/जाहेरी दर्ताका लागि सनाखत गराउनुपर्छ। सनाखत नहुँदै अर्को निवेदन आएकाले अब यो दर्ता भएर कारबाहीको प्रक्रियामा अगाडि बढेन।’

दाङको क्षेत्र नम्बर १ का निर्वाचित संघीय सांसद चौधरीविरुद्ध रोल्पा घर भई दाङको घोराहीमा बस्ने निर्माण व्यवसायी धात बुढा मगरले चेकअनादरमा जाहेरी दिएका थिए।

प्रकाशित मिति : २०८२, ९ असार सोमबार ००:००  ९ : ३३ बजे