२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको दोस्रो विधान महाधिवेशनको तीव्र तयारी



ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गोदावरीको हलको दुईपटक अनुगमन भइसकेको छ । हल व्यवस्थापन तथा मञ्च व्यवस्थापनको संयोजक विनोद श्रेष्ठ छन् । उनकै नेतृत्वमा गोदावरी हल व्यवस्थापनको कार्य चलिरहेको छ ।

‘सचिवालय कहाँ राख्ने, मञ्च कसरी व्यवस्थाप गर्ने, स्वयं कसरी परिचालन गर्ने, स्वास्थ्यकर्मीको टीम कति खटाउने जस्ता काम धमाधम भइरहेको छ’, केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारी भन्छन् ।

विधान महाधिवेशनको तयारीका निम्ति एमालेले विभिन्न उपसमिति बनाएर काम गरिरहेको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापनको काम भइरहेको छ ।

अति आवश्यक आवास व्यवस्थापनको जिम्मा लालबाबु पण्डितलाई दिइएको छ । यद्यपि एमालेले प्रतिनिधिहरूका निम्ति आवासको व्यवस्था गरेको छैन ।

प्रतिनिधिहरूबाट कुनै शुल्क नदिने, तर आवासको व्यवस्था आफैं गर्नुपर्ने निर्णय एमालेले गरेको छ । यद्यपि आफैं आवासको व्यवस्था गर्न नसक्नेहरूका निम्ति लालबाबु पण्डित नेतृत्वको टीमले आवश्यक व्यवस्था गर्नेछ ।

भिष्म अधिकारीको नेतृत्वमा खाद्य व्यवस्था र केन्द्रीय सचिवालय व्यवस्थापनको काम हुनेछ । प्रचार तथा प्रकाशन उपसमितिको संयोजन राजेन्द्र गौतम, मञ्च व्यवस्थापनको संयोजन विनोद श्रेष्ठ, स्वास्थ्य व्यवस्थापन संयोजन कृष्णगोपाल श्रेष्ठ, स्वयंसेवक व्यवस्थापन संयोजन भानुभक्त ढकाल र सांस्कृतिक फाँटको संयोजन हेमराज राईले गरिरहेका छन् ।

‘विधान महाधिवेशनको नारा र लोगो टुंगिन बाँकी छ । अरु कामहरू तीव्र पारिएको छ,’ प्रचार प्रमुख गौतमले भने ।

प्रकाशित मिति : २०८२, ९ भाद्र सोमबार ००:००  ४ : ४७ बजे