२०८३, ५ श्रावण मंगलबार | Wed Jul 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविलाई नभेटि फर्किइन् निकिता, कागजात पुर्‍याउन गएको भनाइ



रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेकी भनिएकी पत्नी निकिता पौडेल उनलाई नभेटी फर्किएकी छन् । जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगले बयानका निम्ति लामिछानेलाई दिउँसो सिंहदरबार झिकाएको थियो । त्यही बेला पुगेकी पत्नी निकिता एकैछिनमा फर्किएकी थिइन् ।

तर, समाचारमा चर्चा गरिएजस्तो लामिछानेसँग भेट्न नभएर केही कागजातका सक्कल प्रति आयोगलाई बुझाउनुपर्ने कारण आफू त्यहाँ पुगेको उनले बताइन् । सिंहदरबारबाट बाहिरिएपछि उनले भनिन्, ‘उहाँसँग आयोगका पदाधिकारीहरुले भित्र कुराकानी गरिरहनुभएको थियो, म बाहिरबाटै फर्किएँ, कुराकानी हुन पाएन ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लामिछाने जेलबाट बाहिरिएको घटनालाई गहिरो अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले यसअघि आइतबार नख्खु कारागारमै गएर उनीसँग भेटेको थियो । उक्त भेट सामान्य रहेको आयोगका प्रवक्ता तथा पूर्वप्रहरी एआईजी विज्ञानराज शर्माले बताएका थिए ।

प्रकाशित मिति : २०८२, १९ कार्तिक बुधबार ००:००  ३ : ०८ बजे