२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक



राष्ट्रिय परीक्षा बोर्डले आइतबार कक्षा १२ को मौका ९पूरक० परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार कुल १ लाख ४ हजार २६ जना परीक्षार्थीमध्ये ७६ हजार ३ सय ६७ जना अर्थात् ७३।४१ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्।

गत असोज ७ र ८ गते सञ्चालन गरिएको उक्त परीक्षामा चारजनाको परीक्षाफल रद्द गरिएको छ।

यसैगरी, नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि आवेदन दिन सक्नेछन्। प्रति विषय १ हजार रुपैयाँ दस्तुर बुझाई, नतिजा प्रकाशित भएको मितिले १० दिनभित्र राष्ट्रिय परीक्षा बोर्डमा अनलाइनमार्फत आवेदन दिन सकिने बोर्डले जनाएको छ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार ००:००  ११ : ४८ बजे