२०८२, २५ मंसिर बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै, नेतृत्वको सुरक्षा मुख्य जिम्मेवारी



नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)को घोषणा गर्दै छ । माइतीघर मण्डलमा आज युवा भेला भएर वानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा घोषणासभा हुने एमालेले जनाएको छ । 
 
पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ र २४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको हो । 

एनभीएफले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले एनभीएफ गठन गर्न लागिएको हो । 

बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्नेछन् । सुरक्षा संवेदनशिलता बढेका बेला राज्यले अध्यक्ष ओलीलगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता लगेकोले पनि एनभीएफको आवश्यकता बढेको एमालेले महसुस गरेको हो । एनभीएफको प्रदेश र जिल्लागत संरचना पनि तत्काल विस्तार गरिने ढकालले बताएका छन् । 
 
एनभीएफमा एकजना कमान्डर र दुईजना साहायक कमान्डरको व्यवस्था गरिएको छ । 

यसैबीच, एनभीएफ घोषणाका विषयमा बिहीबार एमाले सचिवालय बैठकमा विरोध भएको थियो । देश जटिल अवस्थामा रहेको समयमा यस्तो काम गर्न नहुने नेताहरूले बताएका थिए । 

प्रकाशित मिति : २०८२, ६ मंसिर शुक्रबार ००:००  ११ : ४८ बजे