२०८२, २५ मंसिर बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रलोपाको वैचारिक लाइन ‘परिष्कृत मार्क्सवाद’



नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको वैचारिक राजनीतिक लाइन ‘परिष्कृत मार्क्सवाद सहितको नेपाली समाजवाद’ हुने घोषणा गरेको छ ।

पार्टीको वृहत् एकता समारोहमा आइतबार दस्तावेज पेश गर्दै नेता जनार्दन शर्माले वैचारिक सैद्धान्तिक लाइन स्पष्ट गरेका हुन् ।

‘पार्टीले परिवर्तन बाहेक सबै परिवर्तनशील छन् भन्ने बुद्ध दर्शनलाई आत्मसात् गर्दै मार्क्सको समयको पहिलो औद्योगिक क्रान्तिकालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादभन्दा अघि बढेको अहिलेको चौथो र पाँचौ औद्योगिक क्रान्ति कालसम्मको सापेक्षता र क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम बौद्धिकता लगायतका ज्ञानविज्ञानले परिष्कृत मार्क्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित विकसित विज्ञानमा आधारित समाज विकासको नविनतम् सिद्धान्त अनुरुपको नेपाली समाजवाद’ पार्टीको मार्ग निर्देशक सिद्धान्तरदार्शनिक आधार हुनेछ’ पार्टीको दस्तावेजमा छ ।

भौतिक जगतले मानिसको चेतनालाई प्रभावित गर्ने र मान्छेको चेतनाले भौतिक जगतलाई बुझ्ने र बदल्ने भएकाले दर्शन, विचार, सिद्धान्तलाई निरन्तर पुनर्परिभाषित, पुनस्सश्लेषण, समृद्धीकरण गर्दै जानुपर्ने उनले उल्लेख गरेका छन् ।

‘एक्काइसौं शताब्दीका समस्या वा अन्तर्विरोधलाई अठारौं वा उन्नाइसौं बिसौं शताब्दीका विचार(विधिले हल गर्न खोज्नु एवं त्यसले समाधान नदिए पछि अझै मध्ययुगीन वा प्राचीन अप्रमाणित विचारतिर फर्कन र फर्काउन खोज्नु वर्तमान विश्व राजनीतिको सबभन्दा ठूलो कमजोरी हो’ उनले भनेका छन् ।

आजको युग एकसाथ ‘उत्तर पुँजीवाद’ र ‘उत्तर राज्यसमाजवाद’ को युग हो भएकाले राजनीतिक प्रणाली र अर्थतन्त्रको ढाँचा दुवै हिसाबले अब नयाँ मोडेलको खोजी र विकास गर्नुपर्ने उनले उल्लेख गरेका छन ।

‘यसको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने स्पष्ट छ’ उनले भनेका छन् ।

संगठनात्मक सिद्धान्तका रुपमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिने उल्लेख गर्दै प्रगातिशील लोकतान्त्रिक पार्टीका सबै कमिटी स्वयत्त हुने घोषणा गरेका छन् ।

‘आफ्नो नेता वा प्रतिनिधि छान्ने, उमेरदवार छनौट गर्ने आदि सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई नै हुने छ । विविधतामा आधारित नेपाली समाजको बनोटलाई ध्यानमा राख्दै जनसंख्या र भूगोलका आधारमा प्रतिनिधित्व र सहभागिता ९जातजाति, धर्म, क्षेत्र, लिङ्ग र उमेरसमूह ० सुनिश्चित गरिनेछ’ पार्टीको दस्तावेजमा छ ।

प्रकाशित मिति : २०८२, ८ मंसिर आइतबार ००:००  ४ : २४ बजे