प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर ‘जेनजी’को भीड बढेको छ । सोमबार (मंसिर ८) दिउँसो प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने र ज्ञापनपत्र बुझाउने भन्दै उनीहरू सिंहदरबारस्थित कार्यालयको ढोकामा पुगेका हुन् ।
फरक–फरक समूहबाट जेनजी प्रतिनिधि प्रधानमन्त्री कार्यालयको ढोकामा पुगेका छन् । उनीहरूको उपस्थिति बढेपछि त्यहाँ सुरक्षाकर्मीको संख्या थपिएको छ ।
प्रधानमन्त्रीले नभेटेसम्म ढोकामै बस्ने उनीहरूले बताएका छन् । उनीहरूले प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको राजीनामा मागेका छन् । श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्ना नातेदारलाई नियुक्त गरेको आरोप छ ।












