नागरिक अगुवाहरुले मुलुक गम्भीर चुनौतीमा रहेको बताउँदै यसलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी सरकार, राजनीतिक दल र प्रत्येक नागरिकको रहेको बताएका छन् ।
नागरिक अगुवाहरुले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ– राज्य कमजोर बनेको यो संवेदनशील घडीमा, निर्वाचनको म्यान्डेट लिएर बनेको सरकारमाथि उसको म्यान्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहीत राजनीतिक, समूहगत वा व्यक्तिगत एजेन्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरुले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ ।”
उनीहरुले सबैको अर्जुनदृष्टि फागुन २१ को आम निर्वाचनमा हुनुपर्ने बताएका छन् ।












