२०८३, २८ जेष्ठ बिहिबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतितोला नौ हजार ५०० ले घट्यो सुनको मूल्य



 नेपाली बजारमा सुनको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो । 

यससँगै आजको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।

हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति : २०८२, २२ माघ बिहिबार ००:००  ११ : १७ बजे