२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक दिउँसोका लागि सर्‍यो



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसोका लागि सरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान ११ बजेपछि बस्ने भनिएको बैठक तयारी अपुग भएको भन्दै दिउँसो ३ बजेका लागि सारिएको हो ।

बैठकमा पार्टीको विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने जनाएको छ । पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दुई अध्यक्षको कार्य विभाजनसहितको सुझाव समेटेको प्रतिवेदन बुझाएको छ । कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते नै सचिवालय बैठक बोलाइएपनि रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक आजका लागि सारिएको हो ।

यस्तै बैठकमा राष्ट्रिय सभामा रिक्त हुन लागेका स्थानमा पार्टीका तर्फबाट पठाउने व्यक्तिका बारेमा पनि छलफल हुने जनाएको छ । नेकपा अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै दोहो¥याउने अडान राख्नु भएको छ भने अर्का अध्यक्षसहितका सचिवालय सदस्यले उपाध्यक्ष वामदेव गौतमलाई पठाउनुपर्नेमा जोड दिएका छन् ।

यसअघि दुई अध्यक्षबीच हिजो साँझ बालुवाटारमा भएको छलफलमा पनि राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने बारेमा सहमति जुट्न सकेको थिएन । नेकपाभित्र राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीलाई राजिनामा गराएर खतिवडा र गौतम दुवै जनालाई पठाउने विकल्प बारेमा पनि छलफल सुरु भएको जनाएको छ ।

प्रकाशित मिति : २०७७, १८ भाद्र बिहीबार ००:००  १० : १७ बजे