२०८१, २ आश्विन बुधबार | Wed Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (शनिबार) आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो । शंका लागेर यही भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए । भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।

रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन् । भोलिदेखि उनको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ । उनको ट्राभल हिस्ट्री खोजिने कार्य भइरहेको छ ।

अन्य केही लक्षण नदेखिएको तर केही कमजोरी महसुस भएको जस्तो उनले बताए । लक्षण नदेखिएकाले होम आइसोलेसनमै बसिरहेको सुवालले जानकारी दिए ।

उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार ००:००  ९ : २४ बजे