२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ताबाट २६ गतेका लागि बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए ।

नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि यसअघि बैठकको मिति तय भए पनि कोरोनाका कारण स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २०७७, २२ भाद्र सोमबार ००:००  ११ : ४२ बजे