२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्री सशांक कोइरालालाई कोरोना संक्रमण



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब परिक्षण गर्दा कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

उनले संक्रमण भएपनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नदेखिएको जानकारी दिएका छन् । ‘चिकित्सकहरुको सल्लाहअनुसार हाल म होम आइसोलेसनमा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु,’ कोइरालाले ट्विटमार्फत् सार्वजनिकरुपमा आग्रह गरेका छन् ।

उनको स्वास्थ्य सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । अहिले उनी आफ्नै निवासमा क्वारेन्टाइनमा वसेका छन् ।

प्रकाशित मिति : २०७७, २३ भाद्र मंगलबार ००:००  ६ : २४ बजे