२०८२, १ भाद्र आइतबार | Sun Aug 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीवनसाथीसँग खुसी रहन नगर्नुहोस यस्ता गल्ती



सम्बन्ध एकपटक गठन गरेर मात्रै हुँदैन । यसलाई जारी राख्न र नियमित गराउनु पनि महत्वपूर्ण कुरा हो । कुनै पनि सम्बन्धलाई बलियो र राम्रो बनाउनको लागि सम्बन्धमा लापरवाही र एकअर्कालाई ध्यान नदिनुले अक्सर सम्बन्धमा कमजोरी ल्याउँछ ।

त्यसकारण तपाईं यस्ता गल्ती गर्नबाट जोगिनुपर्छ, जसले तपाईंको सम्बन्धलाई कमजोर बनाओस् । यसरी आफ्नो जीवनसाथीसँगको व्यवहारमा यस्ता बानीबाट सधैं टाढा रहनुपर्छ ।

कल र सन्देश पठाएर झर्को नलगाउनुहोस्

यदि तपाईं बारम्बार कल गरेर वा म्यासेजद्वारा आफ्नो प्रेमीलाई हैरान गर्नुहुन्छ भने यसले तपाईंको प्रेमीलाई झर्को लाग्न सक्छ । यसले तपाईंहरूका बीच झगडा बढ्न सक्छ । किनकि सबैलाई आफ्नो व्यक्तिगत स्वायत्तता महत्वपूर्ण हुन्छ । त्यसैले दैनिक दिनभर कुरा गर्ने बानी हटाउनुहोस् । दिनभरि कुरा गर्नाले तपाईंलाई र साथीलाई पनि केही दिन राम्रो लाग्ला । तर पछि साथीलाई झर्को लाग्न सक्छ । त्यसैले यसरी अरुलाई पिरोल्न छाड्नुहोस् ।

विगतको बारेमा प्रश्न गर्ने बानी

विवाहपछि सधैं वर्तमान र भविष्यको बारेमा कुरा गर्नुहोस्, यो उत्तम हुनेछ । विगतका पानालाई पल्टाउने कोसिस गर्ने हो भने तपाईंको साथीलाई अप्ठ्यारो लाग्न सक्छ । त्यसकारण सन्तुष्ट हुनुहोस् जति तपाईंलाई आफ्नो प्रेमीको विगतको बारेमा थाहा छ, बाँकी कुरामा ध्यान नदिनुहोस् ।

बारबार किचकिच गर्ने प्रायः केही मायालु दम्पतीहरूले एक अर्काको आलोचना गर्ने बानी हुन्छ । कहिलेकाहीँ आलोचना गर्ने छुट्टै कुरा । तर त्यसैलाई लिएर बारबार किचकिच गर्ने नगर्नुहोस् । यसले आफूले केही पनि नगरेको जस्तो भान हुन्छ । त्यसैले यस्तो गर्नुहुन्न ।

सधैं पैसाको बारेमा कुरा नर्गनुहोस

प्रेम आफ्नो ठाउँमा हुन्छ र पैसा आफ्नो ठाउँमा हुन्छ । तर यदि तपाईं सबै चीजलाई पैसासँग जोडेर कुरा गर्नुहुन्छ भने तपाईं बीचमा कुराहरु गलत हुन सक्छन् । यद्यपि पैसा महत्वपूणर् छ तर तपाईंको पार्टनरभन्दा बढी महत्वपूणर् छैनन् ।

पारिवारिक छलफल कम गर्नुहोस्

आफ्नो प्रेमीसँग आफ्नो परिवारको बारेमा धेरै कुरा नगर्नुहोस् । यो कहिलेकाहीँ हुन सक्छ । केही चीजले तपाईंलाई राम्रो महसुस गराउँदछ, जबकि केही चीजले तपाईंलाई नराम्रो महसुस गराउन पनि सक्छ । त्यसैले गुनासो वा रिस उठ्ने मौका आफ्नो साथीलाई नदिनुहोस् । यी चीजहरूलाई पहिले हटाउन कोसिस गर्नुहोस् । यस्तो बानी हटाउनको लागि एकले अर्कालाई राम्ररी चिन्ने प्रयास गर्नुहोस् । सँगै समय बिताउने प्रयास पनि गर्नुहोस् ।

कसरी आफ्नो पार्टनरलाई खुसी राख्ने ?

-आफ्नो पार्टनरलाई अरूभन्दा आफू विशेष भएको महसुस गराउनुहोस् ।

-पार्टनरको समस्या बुझ्नुहोस् र तिनीहरूलाई समर्थन गर्नुहोस् ।

-उनीहरूसँग खुसीको क्षण बिताउनुहोस् र त्यस्तै अनुभवहरू साझेदारी गर्नुहोस् ।

-कहिलेकाँही आफ्नो पार्टनरको प्रशंसा पनि गर्नुहोस् ।

यस तरीकाले तपाईले आफ्नो सम्बन्धलाई सुदृढ पार्न सकिन्छ । तपाईंको पार्टनरलाई आनन्दित बनाउने बारेमा माथि उल्लेखित सुझावलाई ख्याल गर्नुपर्छ ।

प्रकाशित मिति : २०७७, १२ पुस आइतबार ००:००  ३ : १७ बजे