२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ का मुख्यमन्त्रीले भने ‘अविस्वास प्रस्तावको डटेर सामना गर्छु’



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु विरुद्धको अविस्वास प्रस्तावको डटेर सामना गर्ने बताएका छन् । प्रचण्ड–नेपाल समुहले मुख्यमन्त्री विरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेपछि पत्रकारसँग कुरागर्दै मुख्यमन्त्री राईले आफुले त्यसको डटेर सामना गर्ने बताएका हुन् ।

जनताको भावना अनुसार विकास र समृद्धिको काम गरिरहेका अवस्थामा पार्टी भित्रको एउटा स्वार्थ समुहका कारण आफुले प्रदेश सरकारको नेतृत्व नछाड्ने बताएका छन् । जनतामा गएर चुनाव जीतेर पदका लागि तयार रहन प्रचण्ड– नेपाल पक्षका नेतालाई मुख्यमन्त्री राईले आग्रह गरेका छन् । देशलाई अस्थिरमा लैजाने र संघियतालाई असफल बनाउने खेलमा नलाग्न उनले सबैमा अपिल गरेका छन् ।

आफुले प्रदेश सरकारको सफल नेतृत्व गरिरहेको उनको दावी छ ।

प्रकाशित मिति : २०७७, १२ पुस आइतबार ००:००  ३ : ४४ बजे