२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारविरुद्ध राप्रपा सडकमा



काठमाडौं । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको छ र शान्तिवाटिकामा सभा गरेको छ ।

प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् ।

प्रदर्शनपछिको सभामा राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७७, १७ पुस शुक्रबार ००:००  ३ : ११ बजे