२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, सपथग्रहण आजै हुने, को को बने मन्त्री ?



प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री राईले दुई राज्यमन्त्रीलाई मन्त्रीमा पदोन्नति गरेर नयाँ दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले सोही मन्त्रालयको मन्त्री र भूमी, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राणामगरले सोही मन्त्रालयमा मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

नेकपा (एमाले) मा प्रवेश गरेका माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

सामाजिक विकास मन्त्रीमा उषाकला राई, भूमी, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा कला घले र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा राजकुमार ओझाले जिम्मेवारी पाउने भएका छन् ।

नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । दिउँसो १ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रीहरुलाई सपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रदेश १ मा सातवटा मन्त्रालय छन् । अहिले मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीे सामाजिक विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका छन् ।

उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालय जगदिश कुशियतले सम्हालेका छन् ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेको ५१ सिट छ । सरकार गठनका लागि यो पर्याप्त सिट हो ।

प्रकाशित मिति : २०७७, १३ चैत्र शुक्रबार ००:००  १० : ४८ बजे